पोखरामा अवैध रुपमा नदीजन्य पदार्थ चोरी गरेको आरोपमा १२ वटा सवारी प्रहरीको नियन्त्रणमा

पाेखरा | असार १५, २०८१

पोखरामा अवैध रुपमा नदीजन्य पदार्थ चोरी गरेको आरोपमा १२ वटा सवारी प्रहरीको नियन्त्रणमा

पोखरा:    पोखरामा अवैध रुपमा नदीजन्य पदार्थ निकासी गरेको आरोपमा प्रहरीले १२ वटा सवारीलाई नियन्त्रणमा लिएको छ । 


अवैध रुपमा नदीजन्य पदार्थ निकासी भइरहेको सूचनाको आधारमा पोखरा–१९ दशखेतघाट आज बिहान प्रहरीले चेकिङ गर्ने क्रममा १२ वटा सवारी नियन्त्रणमा लिएको छ । 


दशखेतघातमा अवैध रुपमा नदीजन्य पदार्थ ओसारपोसार गरिरहेको अवस्थामा १२ सवारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी बसन्तकुमार शर्माले जानकारी दिए । 


प्रहरीले नदीजन्य पदार्थ ओसारपोसार गरिरहेको अवस्थामा सवारी साधान चेकजाँच गर्ने क्रममा प्रयोजन खुल्ने कुनै कागजपत्र पेश गर्न नसकेकाले अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 


प्रहरीले ग १ क १२१५ नम्बरको टिप्पर, ना १ क ६२१४ नम्बरको टिप्पर, गण्डकी ७ एए ००७६नम्बरको टिप्पर, बा ४ क ३३ २१ नम्बरको टिप्पर, ग २ ख १४५ नम्बरको टिप्पर, ग १ क २४०२ नम्बरको टिप्पर,ग २ ख ३२८ नम्बरको टिप्पर, ग २ ख ११५६ नम्बरको टिप्पर, ग १ क ६३९२ नम्बरको टिप्पर, ग १क ५११३ नम्बरको टिप्पर, ग १ ख ७९९० नम्बरको टिप्पर, ग १ त ७०१२ नम्बरको ट्याक्टर  नियन्त्रणमा लिएको हो । 
 

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्